Monday, January 31, 2011

गजल जुहारी- सीता सुबेदी V बिष्णुनन्द चाम्लिङ्ग


सीता सुबेदी "प्रकृति"
तिमीसंग छुट्टिएको पल प्यारो लाग्यो ।
आउछु भन्दै गरेको त्यो छल प्यारो लाग्यो ।

बिष्णुनन्द चाम्लिङ्ग
नभेटिनै छुटिएको कस्तो पल होला ?
नदेखी नै लुकामारी कस्तो छल होला ?

Friday, January 14, 2011

जुहारी मुक्तक- भाग १३, सीता सुबेदी V बिष्णुनन्द चाम्लिङ्ग

सीता सुबेदी
नजानेरै नजर मेरा जुधाएथें घरीघरी ।
उमंगमा तिम्रो सामू कुदाएथें घरीघरी ।
तिमीलाई दुख्ने पीडा ममा पनि हुन्छ कति ?
हाँसो खुशी छर्न भनी उदाएथें घरीघरी । 

                                          बिष्णुनन्द चाम्लिङ्ग
                                          नशालु त्यो नजर तिम्रो जुझाएथ्यौ धेरै चोटी ।
                                          दु:खेको यो छाती माथि कुदाएथ्यौ धेरै चोटी ।
                                          म दु:खेको क्षण हेर्न तिमीलाई रमिता भो,
                                          हाँसो खुशी छर्न खोज्दै,उडाएथ्यौ धेरै चोटी ।

Tuesday, January 11, 2011

जुहारी मुक्तक -१२ सीता सुबेदी 'प्रकृति"VS बिष्णुनन्द चाम्लिङ्ग

सीता सुबेदी 'प्रकृति"
सगरमाथा चीनले लाने कुरा गर्दै छ रे ।
भारतबाट सिमा नाग्ने कुरा बढ्दै छ रे ।
नेपालीलाई देशभक्तिले कहिले छुने होला ?
जानी जानी छोरो हाम्रो छुरा धस्दै छ रे ।

Wednesday, January 5, 2011

जुहारी मुक्तक- भाग ११, सीता सुबेदी V बिष्णुनन्द चाम्लिङ्ग

सीता सुबेदी'प्रकृति'
आज मेरो देश दु:खेको छ ।
आज मेरो शिर झुकेको छ ।
कति बिसाउ बिन्ति तिम्लाई,
लाग्छ मेरो भाग्य चुकेको छ ।

                     बिष्णुनन्द चाम्लिङ्ग 
                     माया गरौँ देशलाई अनि रमाउँछ ।
                     बिश्वको शिर नेपालले नामकमाउँछ।

Friday, December 31, 2010

जुहारी मुक्तक- भाग ११, सीता सुबेदी V बिष्णुनन्द चाम्लिङ्ग

सीता सुबेदी'प्रकृति'
अँध्यारो रातमा सधै, जूनबनी कति आँउनु ?
सरगम त्यो रागमा सधै,धुनबनी कति आँउनु ?
खै त कुरा बुझ्ने होइनौ मायाको मूल्य छैन,
सम्झौता गर्दै आखिर गुनबनी कति आँउनु ?
   
                                   बिष्णुनन्द चाम्लिङ्ग
                                   अँधेरीको जून नभए बिहानीको लाली बन ।
                                   सरगमको राग नभए संगीतको ताली बन ।

अतिथिहरु