Tuesday, January 11, 2011

जुहारी मुक्तक -१२ सीता सुबेदी 'प्रकृति"VS बिष्णुनन्द चाम्लिङ्ग

सीता सुबेदी 'प्रकृति"
सगरमाथा चीनले लाने कुरा गर्दै छ रे ।
भारतबाट सिमा नाग्ने कुरा बढ्दै छ रे ।
नेपालीलाई देशभक्तिले कहिले छुने होला ?
जानी जानी छोरो हाम्रो छुरा धस्दै छ रे ।

बिष्णुनन्द चाम्लिङ्ग
सगरमाथा चीनले हैन तीनले ताक्दैछन् नि ।
सिमाना त नाघ्ने हैन तीनले काट्दैछन् नि ।
देशभाक्ति जन्मिएनन् भूँडी भक्ति मात्रै ,
देशै बेच्दै छोराछोरी डलर सट्दैछन् नि ।


सीता सुबेदी 'प्रकृति"
आगो बाल्नु पर्यो बुद्धि भुटिएकै हो त नेता ?
देश बिगार्ने खेल खेल्न जुटीएकै हो त नेता ?
भाइ/भाइ लड्दै आफू कम्जोर बन्या थाहै छैन,
मिल्न गाह्रो हुँनेगरि छुट्टिएकै हो त नेता ?

बिष्णुनन्द चाम्लिङ्ग
आगो बाल्नु पर्दैन भो कुबुद्वीलाई ढाले पुग्छ ।
देश बिगार्ने भातेलाई खड्खुडोमा गाले पुन्छ ।
भाइभाइ लड्या हैन भागवण्डा पो गरेको त ,
छुटे,फाटे भने नेता भारू नोटले टाले पुग्छ ।


सीता सुबेदी 'प्रकृति"
बिग्रेको हो देश हाम्रो,सबै राजा बन्छुभन्दा ।
आफै ठेकेदारबनी, कुलो आफैँ खन्छुभन्दा ।
कति कुरा गरौ अब,दाजु/भाइ मिचाहाको?
लुटीलुटी ढुकुटीको पैसा अनि गन्छुभन्दा।


बिष्णुनन्द चाम्लिङ्ग
देश बिग्रेको जनताहरु के के बादी भएर हो ।
देश बिग्रेको नेताहरु गीदी आधी भएर हो ।
तेरो त्यति मेरो यति भन्छन् देश टुक्रा पारी,
देश बिग्रेको नेता सबै त्यो अनाडी भएर हो ।



७ जनवरी २०११  फेसबुक चौतारीमा /

No comments:

Post a Comment

अतिथिहरु