Monday, January 31, 2011

गजल जुहारी- सीता सुबेदी V बिष्णुनन्द चाम्लिङ्ग


सीता सुबेदी "प्रकृति"
तिमीसंग छुट्टिएको पल प्यारो लाग्यो ।
आउछु भन्दै गरेको त्यो छल प्यारो लाग्यो ।

बिष्णुनन्द चाम्लिङ्ग
नभेटिनै छुटिएको कस्तो पल होला ?
नदेखी नै लुकामारी कस्तो छल होला ?

सीता सुबेदी "प्रकृति"
मुहारमा खुशी थियो तिम्रो अनि मेरो,
लाजलाग्दा मूख छोप्ने सल प्यारो लाग्यो ।

बिष्णुनन्द चाम्लिङ्ग
कलपनामा डुबिर'ने तिम्रो बानी राम्रो,
सम्झौतामा समस्याको कस्तो हल होला ?

सीता सुबेदी "प्रकृति"
आज भोलि ‍सबै कुरा घृणा लागे पनि,
तिमीसंग गर्या अलमल प्यारो लाग्यो ।

बिष्णुनन्द चाम्लिङ्ग 
जून देख्दा रिस उठ्छ फूल देखे पनि,
पिरतीमा डुबेको त्यो प्रतिफल होला ।

सीता सुबेदी "प्रकृति"
बल्ल भने बुझ्ने मौका,पाएँ तिमीबाट,
तिमी भित्र भा'को मनोबल प्यारो लाग्यो ।

बिष्णुनन्द चाम्लिङ्ग 
बुझ्नै गाह्रो सबैकुरा प्यारो लाग्छ भन्छ्यौ,
त्यही माया पिरतीमा लाग्ने मल होला ।

जुहारी खेलेको मिती: १९ डिसेम्बर २०१०
स्थान: फेसबूक सञ्जाल

No comments:

Post a Comment

अतिथिहरु