Saturday, December 25, 2010

‎जुहारी मुक्तक - ९, सीता सुबेदी'प्रकृति' VS बिष्णुनन्द चाम्लिङ्ग

सीता सुबेदी'प्रकृति'
मन मेरो रोएको छ चाडै नै फर्क परदेशी ।
म तिम्रै प्रतिक्षामा छु सधै नतर्क परदेशी ।
तिम्रो लागि कति बाधा सहेकी छु यहाँ मैले ,
दुखेको मनमा नुनचुक नछर्क परदेशी ।

बिष्णुनन्द चाम्लिङ्ग
परदेशी मन साँझसबेर घर सम्झि रोएकै छु ।
तिम्लेदे'को चिनो रुमाल आँशु पुछ्दै धोएकैछु।
बाध अड्चन फुकाउँदै आँशु सबै लुकाउँदै,
टाढ कैले हुन्न भनि ढुङ्गे देउता छोएकैछु ।

सीता सुबेदी'प्रकृति'
भारी मन लिई यहाँ, अब कति बाँच्नु मैले ?
तिम्रो सम्झनाको पल, अब कति साँच्नु मैले ?
तिमि रुँदा म पनि त कहाँ सक्छु हाँस्न एक्लै,
बिस्वाश तिम्रै भर त हो, अब कति जाँच्नु मैले ?

बिष्णुनन्द चाम्लिङ्ग
तिमी मात्र एक्लो छैनौ जून पनि एक्लै छ नि ।
सुनिहेर बाँसुरीको धुन पनि एक्लै छ नि ।
दु:ख सुख जिन्दगीमा नभोगे त जीवन हु्न्न,
अन्नबाट निक्लिएको घुन पनि एक्लै छ नि ।

सीता सुबेदी'प्रकृति
जून एक्लै रहे पनि, खुशी हुँदै बाँचेको छु  /
धुन एक्लै बजे पनि, खुशी हुँदै बाँचेको छु  /
दुख तिम्रो सुख मेरो बाडौ बरु आधा-आधा,
घुन बाधा सहे पनि, खुशी हुँदै बाँचेको छु  / 

बिष्णुनन्द चाम्लिङ्ग
छाती भित्त दु:ख लुकाई हाँस्नु पर्ने जिन्दगी यो ।
ठेसै ठेस लाग्दा पनि नाच्नु पर्ने जिन्दगी यो ।
द:ख चुलिई पहाड बन्यो, खुश खोज्छु शून्य लाग्छ,
भोलि आउँने आशैआशमा बाँच्नु पर्ने जिन्दगी यो  ।

सीता सुबेदी'प्रकृति
के नै आशा गर्नु र खोइ,मरी जाने जिन्दगीको ?
ओइलाएर पात जस्तै, झरी जाने जिन्दगीको ?
शुन्यतामा खुशी खोज्नु कति एक्लै- एक्लै ..,
केहि भने साँच्नै पर्ने, टरी जाने जिन्दगीको ../

बिष्णुनन्द चाम्लिङ्ग
खोलीसरी बग्ने जीवन दोभानमा झर्नु पर्छ ।
मिलानका ति पाईलाहरु जोभानमा पर्नु पर्छ ।
शून्यतामा संझनाका क्षणहरुलाई आलोपरि,
प्रेमको बयान प्रीति फुल्ने बगानमा गर्नु पर्छ ।

December 10, 2010 in Face book 

No comments:

Post a Comment

अतिथिहरु