Wednesday, December 8, 2010

मुक्तक जुहारी -५

बिष्णुनन्द चाम्लिङ्ग
लौन किन ढुकुर कुर्लेको याद आयो आज ।
तिमीसंग संगै डुलेको याद आयो आज ।
बरपील र भञ्याङ्ग चौतारी छन् साक्षी,
सुभासिला प्रीति फुलेको याद आयो आज ।

सीता सुबेदी "प्रकृति"
प्रिती बास्ने परेवा हो भन्या जस्तै लाग्या थ्यो है।
तिमि र म संगै रम्दा, उमङ्ग मन जाग्या थ्यो है।
निर्दोष थियो माया हाम्रो, वरपिपल साक्षी थियो ..
नछुट्टिने साइनो हाम्रो, दुइमुटुले माग्या थ्यो है ...//

बिष्णुनन्द चाम्लिङ्ग
कुर्लिने त्यो ढुकुर पनि अतीत भयो अब ।
अमर प्रेमको निशानी नि पतीत भयो अब ।
आउँछन् जान्छन् दिन रात याद आइरन्छ ,
भेटहुँने मनमा बाहेक, सिमित भयो अब ।

सीता सुबेदी "प्रकृति"
नजानिदो प्रिती गाँस्ने सुरसार पो गर्दै थिएँ /
अतितको आरोप लायौ खुशियाली भर्दै थिएँ /
यति चोखो निशानिलाई व्यर्थै दोष लायौ प्रिय ../
समाजको नियतिमा चुनौती म छर्दै थिएँ ..//

बिष्णुनन्द चाम्लिङ्ग
ढुकुर अतीत भए पनि मयूरसरी नाचेको छु ।
दोष पछि होसखुल्ला भन्ने आशा साँचेको छु ।
अतीतले नै बर्तमानमा बाँच्न सिकाउँदैछ प्रिया,
नियातिलाई चुनौतीको साहसबोकी बाँचेको छु ।

सीता सुबेदी "प्रकृति"
यसरि नै बाँच्नु पर्छ, जीवन जिउने चाहनामा../
कैले बिराम नलागोस है प्रित पिउने चाहनामा ../
अतीतलाई अंगालेर बाँच्नु खुशी हुँदै प्रिय ..../
चुनौती र ठक्कर कति लाग्छ सिउने चाहनामा ./

बिष्णुनन्द चाम्लिङ्ग
जीवन नदी वारपार, पार्छ कर्म बहनाले ।
कोपीला मन फक्रिँदोफूल पार्ने रैछ चाहनाले।
चाहना र लहनाको खेल जीन्दगानी प्रिया,
जिन्दगीमा मीठो मिलन गर्ने रैछ लहनाले।

सीता सुबेदी "प्रकृति"
जिन्दगीको उकाली र ओरालीमा साथ दिन्छु ../
चाहनालाई पुरा गर्ने, एउटा मिठो बात दिन्छु ../
तिमि पनि मेरो हात थाम्ने कोसिस गर्नु पर्छ../
जन्म-जन्म नटुंगिने पिरतीको हात दिन्छु ...//

मिति २०६७ मंगसिर २२ गते
स्थान- फेसबुक चौतारी

No comments:

Post a Comment

अतिथिहरु