Sunday, November 28, 2010

जुहारी मुक्तक- २

बिष्णुनन्द चाम्लिङ्ग
लोलाएका आँखाबाट के नै देख्न सक्छु अब ?
सेलाएका हातबाट के नै लेख्न सक्छु अब ?
बिचारहरु शून्य भए यात्रा दिशाहीन भए,
उदेश्यहीन पाइलाहरु कहाँ टेक्न सक्छु अब ?

सीता सुबेदी"प्रकृति"
नयन त्यो खोलि हेर, प्रकृति छ तिम्रै काखमा ।
जुर्मुराएका पाखुरीका, नथाक्नेछन् बल साथमा।
किन हुन्छौ निराश तिमी, साथ यो त छदैछ नि,
पाइलाहरु पक्कै पुग्छन गन्तव्यको माथमा ।

बिष्णुनन्द चाम्लिङ्ग
दिन बिग्रे के लाग्छ र प्रकृति नि मै माथि ।
जुर्मुराउँछन् हात तर बिकृति नि मै माथि ।
निराशाको दैलो खोली हेर्ने गर्छु चारैतिर ,
मूटुलाई छुरा हान्ने आकृति नि मै माथि ।

सीता सुबेदी"प्रकृति"
तेसैले त भन्दै छु नि रमाउ खुशी मन लिई ।
विकृतिलाई पछारेर समाऊ खुशी मन लिई ।
निराशाको दैलो अब ढयाप्प पारी बन्द गर,
पिरतीको बिउ आजै जमाउ खुशी मन लिई ।

बिष्णुनन्द चाम्लिङ्ग
खोजि हिँड्छु रमाउँने त्यस्तो कुनै ठाउँ छैन ।
खुल्ला आकाश घर मेरो आफ्नो कुनै गाउँ छैन।
निसासिन्छु घरिघरी निराश बन्द कोठरीमा ।
पिरतको बिउ भन्छ्यौ त्यस्तो कुनै नाउँ छैन ।

सीता सुबेदी"प्रकृति"
हराउने ठाउँ खोज संसारमा कयौ छन् नि ।
आफ्नो सोच घर गाउहरु सयौ छन् नि ।
उघारेर हेर आफै मन मन्दिर खुला नै छ,
मनको आशा नमार्नु लौ कयौ छन् नि ।

बिष्णुनन्द चाम्लिङ्ग
सयौँ होलान् हराउँने ठाउँ तर रोज्छु मात्र एक ।
भेटिएका हजार होलान् मिल्ने खोज्छु मात्र एक ।
खुल्ला नै छन् मन मन्दीर,घुम्न आए हुन्छ ,
सही उत्तर दिन्छ्यौ भने प्रश्न सोध्छु मात्र एक ।

सीता सुबेदी"प्रकृति"
साथ तिम्रो हात रित्तो भयोभने एक्लै हुन्छु ।
परायाको भरपर्दा डराएर कति रुन्छु ।
ऐलेसम्म भेट्या छैन बिस्वाशगरि हालु भने
कल्पनामा एक्लै मत तिमीसंगै हुन्छु ।

जुहारी मिती:- २८ नोबेम्बर २०१० / २०६७/०८/१२ गते ११.३० बजे बाट १.३० सम्म "सीता सुबेदी र बिष्णुनन्द" हामीले फेसबुक चौतारीमा खेलेको जुहारी ।



No comments:

Post a Comment

अतिथिहरु