Sunday, November 28, 2010

जुहारी मुक्तक-१

बिष्णुनन्द चाम्लिङ्ग:-
फूल जस्तै जोभान सधैँ फुलिदिए हुन्थ्यो ।
माया पिरतीको थुम्को चुलिदिए हुन्थ्यो ।
न ओइलीने फूल भए अजम्बरी जीवन पाए,
मृत्यूलोक लान कालले भूलिदिए हुन्थ्यो ।।

.सीता सुबेदी"प्रकृति":-
फूलजस्तो फुल्ने जोवन कलममा मात्र हुन्छ ।
माया पिर्तिका कुरा मनका निशानामा मात्र हुन्छ।
अजम्बरी जीवन त्यो घाँडो मात्र हुन्छ सोच्नुस,
मृत्यु लोक पनि आफ्नै कहाँ बसमा मात्र हुन्छ ?

बिष्णुनन्द चाम्लिङ्ग:-
रंगीचंगी लाली जोभान हतेलीमा झार्न पाए ।
प्यास लाग्न नपाउँदै प्यासलाई मार्न पाए ।
जिन्दगीको अर्थ पनि अर्कै हुने थियो होला ,
मृत्यु लोकको खटन्पटन् आफ्नोबस्मा पार्न पाए ।

सीता सुबेदी"प्रकृति":-
मनको लड्डु घिउ संग खान मिठै हुन्छ प्रिय ।
कुवा नधाई पिउन पाए प्यास मिठै हुन्छ प्रिय ।
जिन्दगीको अर्थ बेग्लै किन लाउनु नानाथरी,
जीवनसंग आफै रम्दा मूल्य मिठै हुन्छ प्रिय ।

बिष्णुनन्द चाम्लिङ्ग:-
मनको लड्डु जति खाए अघाए त मरिजाउँ ।
हुन्छ भने खनी खोस्री दु:ख सुख गरिखाउँ ।
बल्ल बाल्ल पाएको एकबारको जुनिमा ,
जे जे होला जिन्दगीको नदी हामी तरिजाउँ ।

सीता सुबेदी"प्रकृति":-
आज यस्तो लाग्दैछ है पिरतीले मार्ला जस्तो ।
कहीँ कहिले एकान्त मलाई एक्लो पार्ला जस्तो ।
दु:ख सुख गरि खान दिन्न जाबो पिरतीले,
सधै रम्ने मनको धोको भिन्न पार्ला जस्तो ।

बिष्णुनन्द चाम्लिङ्ग:-
एकान्तमा लान्छ बरु एकलो पार्दैन पिरतीले ।
सिउरे पछि शिरमा फूल कैले झर्दैन पिरतीले ।
पिरती त जीवन हो प्रीति गाँस्नेहरुको लागि,
माया दिन्छु भनि आश्वासनमा टार्दैन पिरतीले ।.

समय १० मंसिर २०६७

No comments:

Post a Comment

अतिथिहरु