Sunday, November 28, 2010

जुहारी मुक्तक- 3

सीता सुबेदी "प्रकृति"
अँधेरी रातलाई पनि, जुन बनि हेर्न पाए ..
कति धन्य हुन्थे म त, यो जुनी फेर्न पाए ..
मुटु यो चुडालेर नजानु है प्यारा मलाई ...
मन कति रम्छ होला अंगालोमा बेर्न पाए ...

बिष्णुनन्द चाम्लिङ्ग
मौरी काडे खन पाइन्छ रस जति महमह ।
आकाशमा पूर्णिमाको जून कति टहटह ।
तन भरि मनको मल हालिहेर एकफेर,
अंगालोमा मौलाउँने छ प्रीतिफूल लहलह

सीता सुबेदी "प्रकृति"
सपनिको प्यार यस्तै हुन्छ मैले कति भन्नु ..
नजानिदो प्यार यस्तै हुन्छ मैले कति भन्नु ..
अनायासै पलाएका मनका इच्छा धेरै हुन्छ ..
नपुग्ने त्यो प्यार यस्तै हुन्छ मैले कति भन्नु ...//

बिष्णुनन्द चाम्लिङ्ग
सपनी त हुन्छ मीठो , बिपनी पो हुन्छ तीतो ।
समय पन्छी नै हो लौन हिड्छ कति छिटोछिटो।
केही छैन मनका चाहा पुरा होला एकदिन ,.....
नपुग्ने त्यो प्यार एकदिन पुगे पछि होला मीठो ।

सीता सुबेदी "प्रकृति"
जति खेल्छौ सपनीमा, यसले उति दुख दिन्छ..
उमंगको मन प्यारमा, साच्चै कति दुख दिन्छ ..
यस्तो झुट्टो पिरतीमा, न अल्झिनु कैले पनि ..
मिठो हुन्छ भन्दा भन्दै, मुरी जति दुख दिन्छ ..

बिष्णुनन्द चाम्लिङ्ग
बिपनीमा मौका छैन सपनीमा मधुर मिलन ।
उमंग लिई आउँने गर्छ सपनीमा सुन्दर जीवन।
चोखो मायाँ चोखो प्रीति मात्र रोजौँ जिन्दगीमा,
खुल्ला संसार खुल्ला आकाश रमाउँछ यो मन ।.

सीता सुबेदी "प्रकृति"
तितो जति भए पनि बिपनाकै कुरा गर ..
सक्छौ भने समाजमा चुनौतीकै कुरा गर ..
आउने जाने जिन्दगीमा चोखो मन नबुझ्नेले..
कल्पिएर जिउने मन कल्पनाकै कुरा गर ...

बिष्णुनन्द चाम्लिङ्ग
तितो मीठो जिन्दगी हो रमाइलो हुँन्छ जीवन ।
रात ढले बिहानीमा लालीमाले छुन्छ जीवन ।
मानिस हुँ मान्छे सबै आशा बोकी बाँच्छन् अरे,
आशै आशको त्यन्द्रो लिई जालो बुन्छ जीवन ।

सीता सुबेदी "प्रकृति"
रित्तो लाग्न थालेको छ जिन्दगीको तुना अब
धार पनि यता उता खियीसक्यो गुना अब....
दिए जति जीवनकोमोल जिउने पर्ने रैछ यहाँ ..
पागल बनि दिन्थे बरु गरे टुना मुना अब .....

बिष्णुनन्द चाम्लिङ्ग
रसिलो पो हुँन्छ भन्थे यौबन बन्ने तुनाहरु ।
रमाईलो हुन्छ भन्थे यौवन थुन्ने थुनाहरु ।
माल हैन जीवन हाम्रो मोल तिरी किन्नलाई,
पागल न हौ आउ बरु डुल्न मनका कुनाहरु ।


आज दोहोरी मुक्तक को समय मिलेछ कस्तो भो कुन्नि ?
समय....२०६७/०८/१२ गते ११.३० बजेदेखि १.३० सम्म फेसबुक राज्यमा गरिएको दोहोरी

No comments:

Post a Comment

अतिथिहरु