Monday, November 15, 2010

गजल

संसारको रित आजै, तोड्नु पर्छ आउ राजा /
चुनौतीमा हाँक "दि" प्रित, जोड्नु पर्छ आउ राजा //

सम्झाएर समाजमा, हाम्रो प्रित एक गर्न ..
आमाको आशिक साथ, मोड्नु पर्छ आउ राजा //

पैले पनि झिना कुरा, न आएका होइनन हेर
कुरीतिको सांग्लो आजै, फोड्नु पर्छ आउ राजा //

साँचो कुरा गर्दा खेरि, दुख सुख आइहाल्छ /
बुझ्ने गरि निशानी यो, छोड्नु पर्छ आउ राजा //

बनाऊ हामी मिलिकन, शान्त सुन्दर फुलबारी ..
आज दुवै मिलि आफै, गोड्नु पर्छ आउ राजा //

सीता सुबेदी "प्रकृति"
२०६७/०७/२६ मा

1 comment:

  1. Very nice blog Sis...great jobs....keep it regular....wish you all the best.

    ReplyDelete

अतिथिहरु