Thursday, November 11, 2010

गजल

दायित्वलाई पन्छाएर,एक्लै पार्दा कस्तो मज्जा ?
प्रीतको बिउ कैले काँही, एक्लै सार्दा कस्तो मज्जा ?

प्रितमा जित हार भन्ने, हुन्छ जस्तो लाग्दैन खै ?
हारे पनि खुशी हुँदै, आँशु झार्दा कस्तो मज्जा ?

यादगार तिम्रो प्रेमले, साच्चै मलाई सिकाएको छ /
तिमि अन्तै लागेर मन, साच्चै मार्दा कस्तो मज्जा?

आज बल्ल जानेकी छु, तिम्रो माया मनमा राख्न /
तिमि जित्दै खुशी हुँदा, मैले हार्दा कस्तो मज्जा ?

सीता सुबेदी"प्रकृति"
२०६७/०७/२६मा
यस गजलको लागि सरोजजीलाई धेरै-धेरै धन्यवाद दिन चाहन्छु ....वहाको दोहोरीमा यो गजल जन्मिएको छ/ भन्नाले वहाको गजलका सेर बाट यी गजल जन्मिएका हुन् ...///

No comments:

Post a Comment

अतिथिहरु