Wednesday, November 10, 2010

आज भोलि तिमी

आज भोलि तिमी आए,हुन्थ्यो क्यारे गाउँ पुग्दा
यसो यता नजर लाए, हुन्थ्यो क्यारे गाउँ पुग्दा //

कैले आउने जाने गर्छौ, सुइँको सम्म पाइएन खै ?
भेट्न कैले काहीं धाए, हुन्थ्यो क्यारे गाउँ पुग्दा //

छाँया-माया दुख सुख, पैले बरु साटेकै हो ....
आउथे बरु खबर पाए, हुन्थ्यो क्यारे गाउँ पुग्दा //

भुल्यौ आज "प्रकृति"लाई, जस्तो लाग्छ कतै-कतै
सम्झनालाई रोधी गाए, हुन्थ्यो क्यारे गाउँ पुग्दा //

सीता सुबेदी "प्रकृति"
२०६७/०७/२५ मा

यो गजल रबिन्द्र रिजाल जी को गजलको उत्तरको रुपमा पस्केकी छु .....पक्कै पनि यहाँ हरुको सुझाव चाहन्छु /रबिन्द्र जी को यो गजलको लागि मैले यस्तो उत्तर दिएकी छु ..../रबिन्द्र रिजालजी को यो गजल एस web site मा पनि हेर्न सकिन्छ // http://networkedblogs.com/al9Nb

No comments:

Post a Comment

अतिथिहरु