Tuesday, November 9, 2010

जहाँ तिमि जिउनु पर्छ ..

आज तिमीलाई
बज्रपात भएछ ...
नराम्ररी .....
मलाई पनि दुख्यो
अलि कति त !

..........
अट्ठयाएर चिरिक्कै
मुटुमा घोच्यो ....
यसो छाम्ने
कोसिस गरे
लौन.....
बेसरी नै पो
दर्दले सिमा नाघेछ...
त्यसलाई
न तिमि सम्हाल्न
सकेका छौ ...
न म संग नै
सम्हाल्ने सामर्थ्य छ?
...............
भला !
धन्न आँशु भने
झरेन आँखा बाट
यो पापी दुनियालाई
के देखाउनु --
भनेर होला ....
मन पनि थामिएको /
..............
जति
मन कुडिए पनि
बाँध्न सजिलो भने
पक्कै छैन ....
यदि हुन्थ्यो भने '
तिमि डाँको छोडेर
किन रुन्थ्यौ होला र ?
आफ्नै मन संग ...
..........
देखाउन सकेनौ
र पनि
आफ्नै मन संग त
रोयौ नि तिमि
धेरै नै बेर
जुन मैले तिमीलाई
नियाल्दा जानेकी थिए
.............
अब यी सब
पिडा भुलेर
आफुलाई सम्हाल
नत्र
फेरी यसरि नै
आफुलाई उदाङ्ग
पार्दै गयौ भने
एक दिन पक्कै
अन्त्य हुनेछ
जुन तिमीले चाहेको
भन्दा पनि नजिक
जहाँ तिमीले आफैलाई
खोज्दा पनि पाउने छैनौ
त्यसैले
सम्हाल आफुलाई
अनि
यो संसारको
यथार्थतालाई
जहाँ तिमि जिउनु पर्छ ..

.................

सीता सुबेदी "प्रकृति"
२०६७/०७/२३ मा

No comments:

Post a Comment

अतिथिहरु