Friday, November 5, 2010

हरायौ तिमि र पो

हरायौ तिमि
र पो ......
म हराए...
..........
पाए र पो
तिमीमा केही

खोजें .....
जे होस्
तिमि यो
संसारमा
एक्लै रहेनछौ/
धन्य -
..............
सागर भित्र
मोति खोज्न
गाह्रो छ ..
पक्कै पनि
चिन्न अति गाह्रो
त्यसैले त
त्यो मोति
कहिले काँही
म मनमा
सम्झनाको पोको
मोति भनेर
सम्हाल्ने गर्छु ...
हो त्यहि सम्झना
जहाँ तिमि-हराएका छौ
जहाँ तिमि हराउने गर्छौ
............
हो त्यहि मैले
तिमीलाई
भेट्टाएकि छु
पाएकी छु
अनि,
तिम्रो अमुल्य
मायाको न्यानो
काख महसुस
गरिरहेछु /
यति हुँदा हुदै
तिमि लाई
कतै -कतै
मेरो भाव
अनि
तिम्रो अभाव
म संग रहिरहन्छ ...
तिमीले भने झैँ
कहाँ हुन्छ र?
.............
..............
तिम्रो नजर
म बाट अलि
टाढिएको छ
तै पनि
म मा कुनै
गुनासो छैन
किन कि
यो सब
तिमीले गरेको
तिम्रै दायित्वको
लागि हो ...
...............
यो संसार
होइन रहेछ
मेरो लागि
सायद,
यो संसार
तिम्रो लागि
हुन सक्छ ..
तिमीले चै
नमास्नु न है ..
सुन्दर संसार बनाउनु है
यो संसारको सार मनाउनु है


सीता सुबेदी "प्रकृति"
२०६७/०७/१९ मा

No comments:

Post a Comment

अतिथिहरु