Tuesday, November 2, 2010

माग्ने छैन

आज
मलाई
यस्तो लाग्दै छ
कतै,
मेरो मायाले
तिमीलाई त

चोट पुगेन ?
खोइ ?
आजभोली
तिमीलाई
अलि,
मौन देखेको छु ...
सुस्त देखेको छु ...
अनि,
गौ-प्राणी झैँ
............देखेको छु /
.........
आखिर किन?
...............
मेरो आशय,
तिमीलाई
मौन बनाउनु होइन
म त
तिमीलाई
सधै खुशी
हाँसोले रंगिएको
देख्न चाहन्छु /
अनि,
अनि,
अनुहारमा
खुशी को रङ्ग
पोतिएको
हेर्न चाहन्छु //
..........
..............
..........
ए...........राजा ?
मैले बोलाएछु,
कता -कता
खोइ कुन्नि,
तिमीलाई
भेटाउन
निक्कै गाह्रो,
होइन होइन
गाह्रो मात्र
तिम्रो
देह भेट्न
तिमि त मेरो
हर पल, हर क्षण
मेरो स्वास
प्रस्वासको
प्रत्यक ढुक ढुकी,
तिमीलाई नै
महसुस गरिरहन्छ //
बस,
यति भन्न मन लाग्छ -
म छु र छन् यादका पोकाहरु,
तर तिमि छैनौ /
म छु र छन् यादका खाटाहरु,
तर तिमि छैनौ /
..........
जे भए पनि
तिमि मेरो
हृदयमा छौ,
तिम्रो देह पो
छैन म संग
आखिर तिम्रो
याद त म संग नै
पो छ त /
.........
आज
रातको प्रहर
अलि
मुस्किल ले काटे
खोइ किन हो >
निन्द्रै परेन ...
टाउको फुट्ला
जस्तै भो ...
त्यो यादमा
तिमि थियौ ...
तेसैले होला ..
त्यो प्रहरमा ..
तिमि समिप थियौ ..
त्यसैले होला ...
तर ,
जे भए पनि
मैले तिम्रो
खुशी भने
कदापि माग्ने छैन //
राजा...........तिम्रो खुशी
अह !
कदापि माग्ने छैन /
...............
सीता सुबेदी "प्रकृति"
२०६७/०७/१७ मा

No comments:

Post a Comment

अतिथिहरु