Tuesday, November 2, 2010

तिमीलाई नै

तिम्रो नयन
यसो चिहाएकी थिए
आज
राति सपनामा
तिमीलाई
सन्चो छैन कि

जस्तो पनि
लाग्यो .....
तर,
तिमि त
म बाट
मेरो सामिप्यताबाट
टाढा गएका छौ
अनि,
आफुलाई
आफ्नोपनलाई
धेरै माया गर्छौ रे
त्यसैले,
मलाई
भुली सक्यौ
होला है- राजा?
............
तिम्रो माया
छातीमै टप्केको छ
जसरी,
मोति सागरको
गहिराइमा
न्यानो काखको
अनुभूति गर्दै
अङ्कमाल गर्छ
........हो
त्यसरी नै
तिम्रो सामिप्यता
यो नजरको
अनि हृदयको
स्पन्दनमा
तिमीलाई राख्ने
बाचा गर्दै
तिम्रो माया
तिमीलाई नै
राजा-बस
तिम्रो माया
तिमीलाई नै.......
..........
..................
सीता सुबेदी "प्रकृति'
२०६७/०७/१७मा

No comments:

Post a Comment

अतिथिहरु