Thursday, October 28, 2010

"पुरुषका कमजोरी "

साँची भनु म?
केहि कुरा ?
................
कति भन्छौ?
नारी जातिलाई

परी भनेर
त्यो सब
तिम्रो दोष हो
परी बनाईदियौ
तिम्रो आफ्नै
मनले आभाष गरि /
...............
.....................
कति भन्छौ
सुन्दरी भनेर
त्यो सब
तिम्रो दोष हो
सुन्दर देख्ने
तिम्रो नयन
कति दोषी छन्
कहिले
नियालेका छौ ?
..........
...........
कति भन्छौ ?
हाय ! नारी
तिम्रो स्वर
सुरिलो कोइली जस्तै
त्यो तिमि
छुटयाउन सक्दैनौ
तिम्रो सुन्ने
मांशपेशी नै
कम्जोर हो कि ?
यो कहिले सोचेका छौ ?
................
......................
हाय! पुरुष मित्र
कति गर्छौ?
हाँसोको बयान
त्यै हाँसोले
पासो लगाउछ
कहिले सोच्यौ ?
त्यसमा कति
तिमीलाई लुटाउने
तिम्रो चयन खोस्ने
ताकत छ
त्यसैले
तिमीलाई हानि गर्छ
यति हुँदा हुदै पनि
तिमि छोड्दैनौ
तिम्रो लागि
आकाशका तारा
झारिदिन्छु
तिम्रो हर खुशी
तिमीलाई दिन्छु भन्न
................
......................
साँच्चै भन्ने हो भने
पुरुस मित्रहरु
मुर्ख लाग्छ
कहिलेकाँही मलाई
किन भने
जाबो एउटा
केटीको लागि
ताजमहल बनाउने
त्यस्तै
अन्य पनि थुप्रै
काम गरेका छन्
यस्तै यस्तै
तपाईहरुलाई
थाहै छैन
वास्तवमा
आफ्नै कमजोरी
जुन तपाई हरुको
त्यहिँ
हो त्यहि
कमजोरीले
तपाई हरुलाई
दोषी बनाएको छ

साँच्चै हो
मलाई त यस्तै लाग्छ
तपाई हरुलाई
आफै संग
सुन्दरता
भएर पनि
अरुलाई नै
सुन्दर देख्ने
तपाईका मनहरु
वाह !
तपाईका
कोमल मनलाई
सलाम
........
..............

मुर्ख यसै भन्छु म
खोइ ?
आज सम्म
पुरुषको बयानमा
कसैले गाएको छ ?
छैन ....
कदापी छैन
किन कि
पुरुषलाई सुन्दर
बनाएर हेरिदिने
नारी जातिलाई
फुर्सदै छैन ..
कि कसो?
..........

सीता सुबेदी "प्रकृति"
२०६७/०७/११ मा

2 comments:

अतिथिहरु