Monday, October 25, 2010

तिम्रै मनकी "प्रकृति"

कसरी आयौ ?
के लिएर आयौ ?
कहाँ बाट आयौ ?
किन आयौ ?
यो सब

मलाई थाहा छैन /
केवल,
केवल मनबाट हेरें,
अन्तर हृदयको
झंकारबाट हेरें /
त्यो सब
मेरो लागि होइन
मात्र तिम्रो हृदय
अनि
तिम्रो मायाको
स्पर्श नियाल्न खोजें /
न दिन्छौ तिमि
न माग्छु म पनि
केवल
पाउन होइन
कल्पनामा रमाउन
मात्र सम्झना
अनि,
मिठो याद लिएर
सब जिन्दगी
बिताई दिनेछु
त्यतिबेला,
मलाई थाहा छ
संसारले मलाई
पागल भन्ने छ
अनि,
तिमि पनि भन्नेछौ
पागल
किन बनेको होला
हो यहि
भन्ने छौ
.............
............
मलाई यो सब
मतलव छैन
समाजले
जे सुकै भनोस
अनि
तिमीले पनि
जे सुकै भन
........
तिमीलाई के थाहा
मेरो मन
अनि मेरो हृदयमा
कसरी अटाएका छौ ?
शायद,
यो थाहा भएको भए
मेरो माया त बुझ्ने थियौ
अनि,
यो मायाको बेजोड
स्पर्शलाई संगीतमा
बदलेर, गुन्जाउदै
गुन्जिने कोसिस
गर्ने थियौ ...
........
म शायद,
तिम्रो लायक छैन
अनि
तिमि संग रमाउन
सक्दिन
यो सब
तिमि भन्छौ
कदापी होइन
त्यो त
तिमि नै मेरो
कमजोरी बन्यौ
किन भने
तिम्रो यादले
तिम्रो हर बर्तालापले
मलाई
अनि
मेरो हृदयलाई
घोचीरहन्छ
जुन
इतिहास बनेर
तिम्रो हृदयमा
मेरो हृदयमा
पक्कै बसेको छ
,,,,,,,,,,,,,,,,
,,,,,,,,,,
समाजसंग
तिम्रो आफ्नै
जीवन संग
युद्ध गर्ने नसक्ने
अनि
आफ्नो खुशी
ठुलो हुन्छ
तिम्रो लागि
बस.........
मेरो खुशी त
मिल्काईदिए हुन्छ
बगाई दिए हुन्छ
खुशी,
मात्र तिम्रो रहेछ ]
मेरो त
केहि न केहि
न म यो संसारकी
............
..........

तिमीलाई संसारले
यसरी नै बाँच्न सिकाओस
कसैको हृदय नबुझी
भाँच्न सिकाओस
सलाम तिमीलाई
तिम्रो संसारलाई
अनि
तिमि बाँचिरहेको
अर्ध मन
लिएर बाँच्ने
दुनियालाई
............
.........
हुन त म पनि
स्वार्थी नै हो नि
तिम्रो मनै नबुझी
तिम्रो ख्यालै नगरी
तिमीलाई
सोध्दै नसोधी
आफ्नै पाराले
आफ्नो अनुराग '
अनुमति बिना नै
तिमीमा बिछ्याउने
हिम्मत गर्ने
तिमीलाई
सुटुक्क मनमा
सजाउने
अनि रंगाउने
आफै रंगिने
के म स्वार्थी होइन र?
तर
जे भए पनि
तिम्रो पैतालाले
टेकेका हर कण हरु
हर पाइलाका डोबहरू
मायाले भर्दै
न्यानो माया
संधै तिम्रो पाउमा राख्दै
सदा तिमीलाई
माया गरिरहन्छु /
.................
...........
यो मायाको
पबित्र बन्धन
यसै मर्नका लागि हैन
अनि,
मार्नका लागि पनि हैन
यदि,
यस्तो हो भने
तिमि के का लागि ?
तिम्रो माया के का लागि ?
तिम्रो स्पर्श के का लागि?
तिम्रो आशा के का लागि ?
तिम्रो खुशी के का लागि?
तिमीले दिएको
मिठा मिठा इतिहास
अनि,
जीवनको खास खास
बात के का लागि?
..........
न मर्छ कहिले ?
न मार्छ कसैले ?
के सक्छौ तिमीले?
यो माया
मर्न दिन ?
यसै
मारिदिन्छौ र ?
हुर्कन नदिई
.............
उम्री सक्यो
तिम्रै मायाको
न्यानोपनमा
अब
बिन्ति नमार
यो मायाको
कलिलो मुनालाई
किन कि
सन्सार देख्ने आशामा
पलापिएर
बाँच्न होइन
उमंगले रौसिएर
तिमीसंग
खेलेको मलाई
बुझ है

,,,,,,,,,,,,,,,

यसरी
हुर्की सक्यो
यो
न कसैको झटारोले
मासिन्छ
न भूकम्प नै आएर
भासिन्छ
यो त केवल
मौलाउछ
न्यानोपनको
आभाष गर्दै
तिमीले
हात उठाए पनि
तिमीले ]]
शिशिरमा निदाए पनि
जस्तो सुकै
कठ्यांग्रिने
जाडोले
केहि गर्ने छैन
अब त
हुर्की सक्यो
..........
राजा..........
............
यो मात्र तिम्रो
मायाको न्यानोपनमा
................
हात उठायौ भने पनि
तिमीले
म त जिउदै छु नि
यसलाई हुर्काउन

खास
यसकै लागि
जन्मेकी हुँला
तिम्रो मायाको
बिरुवा गोडमेल गर्न
बिरुवा गोडमेल गर्न
तिमीले
छाड्छौ कि भनेर
यसैको स्याहार गर्न -है ?
जे होस्
जहाँ रहे पनि
खुशी रहनु
मेरो मायाले
पक्कै
तिमीलाई बिउझाउने छ
बिउँझंदा सम्म मा
म भने
तिमीलाई कुरिरहुँला
.................
.............
त्यहि
मन मात्र मन संग
तिम्रो यादमा
तिमीलाई
संधै नै भेट्ने छु
पाइरहने छु
बस
तिमीले महसुस गर्नु
.................
जिम्मेवारी छ रे
तिमीलाई मात्र होला
यो संसारमा
अरु कोहि छैन
जिम्मेवारी भएको
म पनि
ब्यबहारिसे पो ठान्छौ
शायद,
त्यसैले त बुझेनौ नि
अथवा,
तिमीले बुझेको मान्छे
तिमीलाई पिडा दिए
यसै हुनाले मलाई पनि
तेस्तै
जुन तिमीले पाएका थियौ
हो त्यस्तै
पिडा दिएको होला
जे भए पनि
जसो गरे पनि
यो मन
कहाँ मान्दोरहेछ र ?
तिमीलाई
नजिक बाट
नियाल्नै नपाएर
चिहाउनै नपाई
मायाको सागरमा
डुबुल्की मार्ने
स्पर्शलाई संगाल्ने
तिम्रै मनकी "प्रकृति"


सीता सुबेदी "प्रकृति"
२०६७/०७/०७ मा
बेलुका
बसन्तपुर

1 comment:

  1. लामो भए पनि कत्ति पट्यार नलागी पढेँ .. गजब रहेछ .. यती धेरै कुरा एकरूपताका साथ कवितामा उतार्न सक्ने तपाईँको खुबी लाई अनि मायाका तरङ्ग उमार्ने त्यो शिल्पि मनलाइ सलाम !

    ReplyDelete

अतिथिहरु