Monday, October 25, 2010

"तिमि बिनाको म "

म अलि
पहिले नै
अथवा
यो समय भन्दा
अलिकति ढिला

जन्मनु पर्थ्यो
किन कि
तिम्रो मेरो
भेट नै हुने थिएन //
...............

म अलि
मन विहिन
अथवा
आशा विहिन
मानव
जसले तिमीलाई
स्पर्श गर्न नसक्ने
हुनु पर्थ्यो
किन कि
मैले तिम्रो
मायाको स्पर्श
चाल पाउने त थिइन //
................
म अलि
अर्कै संसारमा
तिम्रो सामिप्यता
नबुझ्ने गरि
तिम्रो उल्झन मनको
तिरस्कार नबुझ्ने
हृदय नभएको
जीव सरि
जन्मनु पर्थ्यो
किन कि
मायामा यसरी
चुर्लुम्म त डुब्ने थिइन /
..................
...............
तिमीलाई थाहा छ?
म कस्तो मन
लिएर बाँचेकी छु?
शायद,
जीवन यसकै लागि
रचिएको होला ...
नत्र भने
जीवनको मूल्य नै
कहाँ हुन्थ्यो र ?
जीवनलाई
खास जीवन बनाउने
यहि माया त रहेछ .///
तिम्रो मायाले गर्दा
...........
................
...........

सीता सुबेदी "प्रकृति"
२०६७/०७/०७ मा

No comments:

Post a Comment

अतिथिहरु