Sunday, October 24, 2010

हराएको मुटु

हराएको मुटु
खोज्दै छु आज
कतै तिमीले देख्यौ कि?
रेटिएको मुटु
जोड्दै छु आज
कतै तिमीले लुट्यौ कि ?

.....................
यो संसार होइन रहेछ
माया गर्ने हरुको
न रहेछ यो संसार
माया सजाउने हरुको
तेसैले
आज भोलि
म अलि मन्द छु /
म बाट
केहि लुटिए झैँ छु
कता कता मुटु
रगताम्मे बने झैँ
रोइ रहेछ मन
तिमीले मेरो माया नबुझेर
..................
.................
देह सारा
नजिक नभएर के भो?
बे हद माया गर्न
सिकाई हाल्यौ .
चुर्लुम्म डुवाईहाल्यौ
त्यो
मायाको नशामा
कहिले नजाने को
यो मनले
कहिले नछोएको
यो मनले
मेरो कोमल
मन संग खेल्यौ
मेरो चोखो
माया संग
...........
कुनै दायित्त्व
बिना नै
मेरो माया चाहन्छौ
तर
तिमि मलाई भने
दिन चाहन्नौ
किन त?
...............
............
यो सब मैले
बुझ्दै छु कि
या छैन
जे होस्
बे हद माया
गर्ने हरुको
माया नबुझ्ने
स्वार्थी संसार
लिएर बाँच्नेहरु
अनि ,
येसरी नै
बाँच्न सिकाउने
यो संसारलाइ
सलाम छ
..........
............
सीता सुबेदी "प्रकृति"
२०६७/०७/०७ मा

1 comment:

अतिथिहरु