आज मात्र आज ,
कतै हराएझै
कतै मन पराए झैँ
लाग्छ किन किन ,
तिमीले नै हो
एकोहोरो गराए झैँ
बस,
मन उदास छ
तैपनि
तिमि भित्र रमाउनु
माया मनैमा थमाउनु
काँडा नै भए पनि
तिम्रो माया सम्झी
त्यो फुल समाउनु
किन हो किन मन
यसै आल्हादित भएर पनि
मनआफैमा भयभित भएकी छु
आज मात्र आज
////
यति हुँदा हुदै पनि
मुटुमा शुल भने
गडेकै छैन ....
बरु झन् तिम्रो
माया पो लागिरहन्छ
हृदयको तारमा
उल्झन बनेर
झन्की रहन्छ
गीत बनेर
गुन्जी रहन्छ
बस
तिमीले पो बुझेनौ र
तेसैले म
आज मात्र आज
गुमाएर पनि
रमाई रहेकी छु /
महसुस मात्र
तिमि संग
रमाई रहेकी छु /
त्यो मेरो यादले
शायद,
तिमीलाई पनि
जिउन भने दिने छैन
पक्कै ,मेरो मायाले
जति नै टाढा
जान खोज
म बाट
तर,
तिमीलाई सताउने छ
मताउने छ
त्यो यादको
यो मायाको न्यानो पनले
पक्कै घोच्ने छ
तिमि भने
मात्र आज मात्र
भन्ने छौ
आज मात्र आज होइन ......
यो जीवनकाल मा .................
तर
मलाई भन्नु छ
तिमि संग
मेरो माया मात्र तिमि संग
अनि मात्र तिम्रो लागि //
सीता सुबेदी "प्रकृति"
२०६७/०७/०७
काँडा नै भए पनि
ReplyDeleteतिम्रो माया सम्झी
त्यो फुल समाउनु
साधुवाद पायो कविता ले पनि। दोहोर्याइ तेहेर्याइ पढेँ, फेरी फर्कि फर्कि पढ्नेछु। आज मात्र आज हैन ! :)