Sunday, October 10, 2010

''आमा बाबा''

सम्झिएर परदेशमा, रुन्छु कति आमा बाबा /
यसो हेर्यो यता एक्लै, हुन्छु कति आमा बाबा //

कैले होला मेरो पालो, घर जाने आउछ भनि /
दिन गन्दै पात्रो हेर्दै, गुन्छु कति आमा बाबा //

सपना यो बिदेशमा, तुनेकै हो आफ्नै लागि /
कल्पनामा शिखर त्यो, छुन्छु कति आमा बाबा //

आँसुक थोपाहरु बिदेशमा, देखाएर कसले बुझ्छ
मनको पिडा मन भित्रै, थुन्छु कति आमा बाबा //

अब भने संगै साथमै, बस्नु पर्ला भन्दै कति /
मनको मैले आफैले नै, धुन्छु कति आमा बाबा //

सम्याउनु छ कान्लो बारी, तिर्नु साहुको ऋण /
यो साल यति गर्ने भन्दै, बुन्छु कति आमा बाबा //


यसपाली त बैनीको नि, बिहे गर्ने बेला भयो /
सल्लाह गरेको त्यस्तै, सुन्छु कति आमा बाबा //

सीता सुबेदी "प्रकृति"
२०६७/०६/१४ मा

यो गजल परदेशमा रहनु हुने मेरा सम्पूर्ण दाजु भै हरुमा समर्पण गर्न चाहन्छु ///

No comments:

Post a Comment

अतिथिहरु