Sunday, October 10, 2010

"बडा दसैं"

भन्न मन लाग्छ कतै अब्बल रहोस बडा दसैं //
मिठो कुरा खान पाए बब्बाल रहोस बडा दसैं ///

मिलाउने मिल्ने कुरा, यी नेतालाई सिकाउनु छ /
यो सालमा संविधानको, सब्बाल रहोस बडा दशैँ //

जहिले पनि उन्नति र प्रगतिको कुरै छैन /
यसपाली त बिकासमा, डब्बल रहोस बडा दसैं //

हराएका आशाहरु, बिउताएर देशलाई माथि
उठाउने सबैको सोच, नब्बल रहोस बडा दसैं //

नरुनु परोस कोहि ऐले , दुखि हुदै यहाँ फेरी
चिताएको पुगोस मनमा, सब्बल रहोस बडा दसैं //

सीता सुबेदी "प्रकृति"
२०६७/०६/१४ मा

No comments:

Post a Comment

अतिथिहरु