Thursday, October 7, 2010

गजल "दाजै "

पैसा ठुलो पताई सक्यौ, बिदेशमा तिम्ले दाजै /
आफन्तलाई लताई सक्यौ, बिदेशमा तिम्ले दाजै //

माया मुरी मुरी हुँदा, कहाँ देखाउन मिल्यो ?
धनै ठुलो बताई सक्यौ, बिदेशमा तिम्ले दाजै //

हाम्रो भाग्य यस्तै हो कि,टाढा बसी जिउनु पर्ने /
याद कति सताई सक्यौ, बिदेशमा तिम्ले दाजै //

अरु आउँदा बर्षै पिच्छे, हेर्छु बाटो तिम्रो पनि /
टाढा बसी अताई सक्यौ, बिदेशमा तिम्ले दाजै //

मेरो बिन्ति आमा तिम्री, रोएकीछन तिमि सम्झी /
हामीलाई झन सताई सक्यौ, बिदेशमा तिम्ले दाजै //

दाजु आफु सारा कुरा, बिर्सी हाम्रो माया बुझ्नु /
मायाले मन तताई सक्यौ, बिदेशमा तिम्ले दाजै //

आउ बरु अंगालोमा, खाउँला ढिडो पिठो संगै /
सम्झना झन मताई सक्यौ, बिदेशमा तिम्ले दाजै //

टाढा बने भन्छौ संधै, बाध्यताले हो नि मेरो /
एक्लो मन हताई सक्यौ,बिदेशमा तिम्ले दाजै //

सीता सुबेदी "प्रकृति"
२०६७/०६/२० मा
दाजु धेरै समय घर बिर्सेर आफन्त बाट टाढा भै बस्दाको पिडा बहिनीको मध्यम बाट प्रस्तुत गरेकी छु है ////

No comments:

Post a Comment

अतिथिहरु