Wednesday, October 6, 2010

गजल "सिन्दुर न हाल्दा सम्म"

आफ्नो तिमि हुन्नौ अरे, सिन्दुर न हाल्दा सम्म
अँध्यारोले छाउँछ अरे, मनको दियो नबाल्दा सम्म//

अरुकै छोरा तिमि रहेछौ , अरुकै दाजु भाई पो
भन्न मन लाउँछ अरे, सिन्दुर नहाल्दा सम्म //

के हुन्छ भाग्यको खेल, अरुलाई नै दिनु पर्ने
अवस्था नि आउँछ अरे, सिन्दुर नहाल्दा सम्म //

प्रेम मा त यस्तै हुन्छ, मेरो होइनौ तिमि त
भन्न पनि पाउँछ अरे, सिन्दुर नहाल्दा सम्म //

तर साँचो प्रेम गर्ने, कल्पनामा सधै भरि
मन त रमाउँछ अरे, सिन्दुर नहाल्दा सम्म //

सीता सुबेदी "प्रकृति"
२०६७/०५/३१ मा 

No comments:

Post a Comment

अतिथिहरु