तन देखि मन माग्यौ, छुटाएर दिएँ सानु /
मौसम यो जवानीको, लुटाएर दिएँ सानु //
मन्द मन्द मुस्कानको, पासोमा पारिरह्यौ
दुइ मुटु एक बनाई, जुटाएर दिएँ सानु //
ममताथ्यो वात्सल्यत्यो, सुबासिलो फुल जस्तै
आफन्तको नाता सबै, टुटाएर दिएँ सानु //
भनि रहेँ मेरो खुशी, तिम्रो लागि बनिरहोस /
भाग्य यस्तै आफ्नो मन, फुटाएर दिएँ सानु //
मन भरि उमंगले, ताल सरी चल्दै थिए /
बहाना पो बन्यो खुशी, चुटाएर दिएँ सानु //
सीता सुबेदी "प्रकृति"
२०६६/१२/१२ मा
"मन्द मन्द मुस्कानको, पासोमा पारिरह्यौ" यहाँनेर वाचनमा अलि अड्किएँ ।
ReplyDeleteकाउकुती लाग्ने गजल पनि दिनु भएकोमा धन्यवाद !
सीताजी गजल लेखनमा प्रगती भएको छ । मलार्इ लाग्छ यहि गतिमा जाने हो भने पक्कै एकदिन हजुरलार्इ एक सफल गजलगोको रूपमा पढ्न र सुन्न पाइनेछ । काफियाको अक्षर संरचनामा अझ अरू मेहनत गर्दा झन राम्रो हुन्थयो कि सायद ?
ReplyDeletehttp://www.thapanirajan.blogspot.com