Monday, September 13, 2010

गजल

तिमीलाई भेट्ने भन्दा, फर्किएको दिनको याद छ
मेरो आँखा भित्र धुलो, छर्किएको दिनको याद छ


आउ भन्दै बोलाएर, भेट्न गयौ अरुलाई नै
मुखले सामिप्य छु भन्दै, तर्किएको दिनको याद छ
मेरो आँखा भित्र धुलो, छर्किएको दिनको याद छ


साँच्चै माया गरे मैले, भुल पनि गरेकै हो
तिनचोटी तिम्ले धाट्दा,पर्खिएको दिनको याद छ
मेरो आँखा भित्र धुलो, छर्किएको दिनको याद छ


कस्तो हो यो तिम्रो माया? आफ्नो ठान्छौ अरुलाई नै
कसैको नाउमा मलाई, झर्किएको दिनको याद छ
मेरो आँखा भित्र धुलो, छर्किएको दिनको याद छ


त्यसैले त तिमि बिनै, जिउने प्रण गरेकी छु
हिलै नभई जिन्दगीमा, लर्किएको दिनको याद छ
मेरो आँखा भित्र धुलो, छर्किएको दिनको याद छ



सीता सुबेदी "प्रकृति"
२०६७/०४/०३ मा 

No comments:

Post a Comment

अतिथिहरु