Monday, September 13, 2010

"म" र "मेरो जीवन "

बालुवामा खोज्दै छु /
तेही बालुवामा चाल्दै छु
अनि,
रोज्ने रहर गर्दै छु आफ्नो भबिस्य
तर ,
कहाँ सजिलो रहेछ र?
कहाँ भनेजस्तो रहेछ र?
यो जीवन त,
कता कता सेतीको गल्छी जस्तै कहाली लाग्दो पो रैछ/
कहाँ कहाँ ?
भेट्नै नसकिने,
छुनै नसकिने, देख्नै नसकिने
अनि महसुस गर्न नै गाह्रो हुने
यदि,
महसुस नै गरे पनि
त्यसलाई बास्तविकतामा सम्हाल्न निकै गाह्रो हुने
यो साँची पत्थरको जीवन
असाध्यै कडा रहेछ /



सीता सुबेदी "प्रकृति"
२०६७/०२/२७ मा

No comments:

Post a Comment

अतिथिहरु