ताते छोरी भन्दै बाबा, बोलाएको बिर्स्या छैन
कैले ठुली हुन्छे भनि, टोलाएको बिर्स्या छैन
लड़ीबुडी खेल्थे कति? माग्या चीज नपाउदा
मेरो ख़ुशी खोज्न भनि, लोलाएको बिर्स्या छैन
कैले ठुली हुन्छे भनि, टोलाएको बिर्स्या छैन
मेरो चित्त फुट्छ भनि, चर्को स्वर सुन्न पाइन
हरपल ख़ुशी खोजी, मोलाएको बिर्स्या छैन
कैले ठुली हुन्छे भनि, टोलाएको बिर्स्या छैन
यस्तो गर्न हुन्न छोरी, योs बाटो राम्रो हैन
भनिकन चर्मचक्षु, खोलाएको बिर्स्या छैन //
कैले ठुली हुन्छे भनि, टोलाएको बिर्स्या छैन
सीता सुबेदी "प्रकृति"
२०६७/०५/१० मा
यो गजल यस भन्दा अगाडिको गजल लाई कृष्ण वस्ती सरले
बाबा कै रुपमा लेखेको भए राम्रो हुन्थियो भन्नु भो तेसैले मन मानेन
र यो गजल लेख्न बाध्य भए / यो गजल उहा मै समर्पित गर्न चाहन्छु
No comments:
Post a Comment