हाम्रो आखामा के छ खै कुन्नि ?
न छ देश को माया हामीलाई
न छ कसैको आड हामीलाई
आमालाई ठेस लाग्दा लागेन हामीलाई
हामीले आमाको पुकार सुनेनौ
हामीले आमाको चित्कार सुनेनौ
हामीले आमाको आँसु पुछेनौ
खै किन भन्नु सन्तान हामीलाई ?
त्यसैले रुदै छिन् नेपाली आमा
रगत धुदै छिन् नेपाली आमा
सहदै छिन् पिडा नेपाली आमा
अनि के गर्नु र बिस्वाश हामीलाई ?
अप्ठेरो पर्दा काख न्यानो खोज्ने
सुम्सुम्याउदै कति मेरी आमा भन्ने
ब्यधाले हान्दा छातीमा आमाको
तै पनि हेर्यौ दुखेन हामीलाई
सीता सुबेदी "प्रकृति"
२०६७/०२/२९ मा
No comments:
Post a Comment