बाँच्नु पर्छ बस, बाँचेर त हेर
कसैलाई यो मन, साँचेर त हेर
बल्ल थाहा हुन्छ, जिन्दगीको मोल
मूल्य यो झन, जाँचेर त हेर
कसैलाई यो मन, साँचेर त हेर
निमोठिन्छ सपना ,देख्ने हरुको
मौलाएको मुना, भाँचेर त हेर
कसैलाई यो मन, साँचेर त हेर
कस्तो हुन्छ रम्दा, रमाउंदा आफु
खुशी हुदै दङ्ग पर्दै, नाचेंर त हेर
कसैलाई यो मन, साँचेर त हेर
सीता सुबेदी "प्रकृति"
२०६७/०३/०३ मा
यो गजल म मेरो बिशेष "मित्र" लाई समर्पण गर्न चाहन्छु ....///
यो गजल म मेरो बिशेष "मित्र" लाई समर्पण गर्न चाहन्छु ....///
No comments:
Post a Comment