गजल लेख्न मन लाग्यो, तिम्रो बारेमा //
सजल देख्न मन लाग्यो, तिम्रो बारेमा //
हैसियत नै छैन कि मेरो, तै पनि आशा
जान्ने बुझ्ने मन लाग्यो, तिम्रो बारेमा //
बिन्ति छ मेरो तिम्लाई, छि छि नगर्नु नि
नजिक हुने मन लाग्यो, तिम्रो बारेमा //
मलाई भने किन तिम्रो, राम्रो मात्र सुन्ने मन
खुशी हुन मन लाग्यो, तिम्रो बारेमा //
सीता सुबेदी "प्रकृति"
२०६७/०२/२८ मा
No comments:
Post a Comment