लटठै परे क्या बात, बुटी खाको शिवजीको
हराएछु एक्लै परि, कुटी गा'को शिवजीको
कस्तो रैछु हरे म त, बिर्सियाछु आफैलाई
निलकण्ठ माला पनि, जुटी रा'को शिवजीको
वन डुल्दै भौतारिए, खोजी थियो पार्वतीको
फेरिएर रुप पनि, आफै भा'को शिवजीको
कल्पना पो गर्न थाले, त्रिनेत्र हो आफै भनि
भांग लाग्यो बाघ छाला, साँच्चै ला'को शिवजीको
साँचो भक्त भएछु म, विश्वासिलो पनि उस्तै
त्यसैले त घरि घरि, याद आको शिवजीको
सीता सुबेदी "प्रकृति"
२०६७/०३/२२ मा
No comments:
Post a Comment