गेडी-१
यति भुल भयो बस ! तिमीलाई माया गरे /
मन शुल भयो बस ! तिमीलाई माया गरे //
सक्दिन,
भन्दैन मन पछि लाग्दिन //
गेडी-२
माया नभए किन राजन, प्रित मनमा रोपिन्छ र?
छैन तिमीले भनि ढाटेर, प्रित लुकाई छोपिन्छ र ?
ढाटयौ कि ?
अन्तै माया सार्न आटयौ कि ?
गेडी-३
आज अर्कै धुनमा छौ, आटयौ कि त पल्लो गाउँ कि ?
भन्दै थि' रे तिमि संग, माया तिमीलाई लाउँ कि ?
जालीले,
बिगार्ली है तिम्लाई कालीले //
गेडी-४
अँधेरी रात परे पछि, बास मग्न आयौ सानु /
नदिउँ भने माया लाग्छ, आफ्नै सम्झी धायौ सानु //
छायाँले,
गर्नु गर्यो तिम्रो मायाले ///
सीता सुबेदी "प्रकृति"
२०६७/०६/११ मा
गेडी लेख्ने मेरो प्रयास जारि छ ......मलाई सुझाव अवस्य दिनुहुने नै छ /
No comments:
Post a Comment