गेडी-१
ढाका टोपी चौबन्दीमा रमाएको मान्छे परें /
गौरव गाथा देशको जमाएको मान्छे परें //
सुक्यो नि,
देशलाई दुख्दा मलाई दुख्यो नि //
गेडी-२
बुद्ध कहाँ गए आज, शान्ति आफ्नै साथ लिई /
नेपाल र नेपालीको मिठो गौरव गाथा लिई //
हरायो,
अशान्तिले मन डरायो //
गेडी-३
इतिहासका पाना हेर, वीर भनि लेखिएको छ /
देश दलदलमा फस्यो, भासिने देखिएको छ //
नेता हो,
देशलाई पार्यौ यता न उता भो //
गेडी-४
देश सेवा गर्ने भनि, बहाना भो राजनीति /
जुन जोगी आए पनि, आफ्नै आफ्नै रणनीति //
फसायौ,
हे नेता हो दुनिया हसायौ ///
सीता सुबेदी "प्रकृति"
२०६७/०६/०२ मा
गेडी लेख्ने मेरो यो प्रयास प्रथम हो .........मलाई सुझाव अवस्य दिनुहुने नै छ /
No comments:
Post a Comment