छाती हाम्रो गर्व गरी, फुल्न पाए वेश हुन्थ्यो /
गाइ गौरवको गाथा, खुल्न पाए वेश हुन्थ्यो //
भनि वगैचा बारीहरु, आफ्नो रगत सिंचिएको छ/
मन उदाङ्ग फुकाएर, डुल्न पाए वेश हुन्थ्यो //
पिडा आफ्नो माटो भरि, बिसाउन पाए मनमा
भन्ने लाग्छ आफ्नो दु:ख, भुल्न पाए वेश हुन्थ्यो //
विदेशिएका दाजु भाई, आउंथे कति अंगालोमा
दर्द बिसाई मायाले मन, घुल्न पाए वेश हुन्थ्यो //
यहि सुन्छु भनेको मैले, जहिले पनि साथी भाई
आफ्नै पाखा सम्याउँदै, झुल्न पाए वेश हुन्थ्यो //
आमा तिम्री नेपाल हेर, हात फैलाई प्रगतिलाई
पर्खिरहें भन्छिन-वाधा, भुल्न पाए वेश हुन्थ्यो //
सीता सुबेदी "प्रकृति"
२०६७/०६/१३ मा
नेपाल आमाको अवस्था र हामी नेपालीले अहिले महसुस गरिरहेको कुरा यहाँ राखेकी हुँ //
No comments:
Post a Comment