Monday, September 13, 2010

गीत

हराएर रोए कतै, कराएर रोए
सत्य सत्य तिमीलाई मन पराएर रोए



माया गर्छु तिमीलाई आफुलाई भन्दा धेरै
तिमि प्रित बनिदिनु सधै भरि मेरै
तिमि अभाव एक्लो पनमा डराएर रोए
सत्य सत्य तिमीलाई मन पराएर रोए


मुटु भित्र राखे तिम्लाई मन मन्दिरमा
पाउछु कि भन्दै कतै खोजीरहे अँधेरीमा
छाम्दा छाम्दै तिमीलाई झन हराएर रोए
सत्य सत्य तिमीलाई मन पराएर रोए /



सीता सुबेदी "प्रकृति"

2067/04/25

No comments:

Post a Comment

अतिथिहरु