Monday, September 13, 2010

"गजल"

तिम्रो मायाको नशा, आज मैले काल ठाने
हार जीत कैले आफु, खेल जुवाको खाल ठाने

जीत हुँदा ब्युतिएर, कति खेर रम्छु आफै
अधो गति पार्ने यस्तो, बहकिने जाल ठाने
तिम्रो मायाको नशा, आज मैले काल ठाने

अनायासै खुशी हुदै, रमाउछु घरि घरि
नजानेरै लाको माया, जालन्धरको चाल ठाने
तिम्रो मायाको नशा, आज मैले काल ठाने

दुनियाले जे भने नि, कति छैन मतलब
माया गरे पत्तो नपाई, गुमाउने साल ठाने
तिम्रो मायाको नशा, आज मैले काल ठाने

माया मोह आयो हेर, धड्कन को चाल संगै
यस्तो प्रित रच्ने भन्यौ-"प्रकृति" लाई गाल ठाने
तिम्रो मायाको नशा, आज मैले काल ठाने

सीता सुबेदी "प्रकृति"
२०६७/०३/१२ मा

No comments:

Post a Comment

अतिथिहरु