Monday, September 13, 2010

"गजल"

कति चिट्ठी लेखु र खै, आफ्नै पर्ने भिनाजुलाई ?
टाढा टाढा छोडी कन, जानै पर्ने भिनाजुलाई //

टाढा भाको भएर नै, बोला' मैले आफन्तलाई
साली भनि मोडी कन, जानै पर्ने भिनाजुलाई //

अब मैले के भनु र ? कर लाउन मिलेन नि
दश औला जोडी कन, जानै पर्ने भिनाजुलाई //

दिदी उता फन्कन्छे, भन्ने पिर छ उनलाई पनि
बाचा हरु तोडी कन, जानै पर्ने भिनाजुलाई //

अब साली भेना भने, कुरा गर्न बेकार नै हो
नाता सबै फोडी कन, जानै पर्ने भिनाजुलाई //

सीता सुबेदी "प्रकृति"
२०६७/०३/११ मा

No comments:

Post a Comment

अतिथिहरु