Monday, September 13, 2010

(जन्म दिनको शुभकामना )

तिम्रो जिन्दगीको, नँया दिन शुरु भयो //
पाटो जिन्दगीको, नँया दिन शुरु भयो //


चाल्नु कदम-कदम, होस् गर्नु पाइलै पिच्छे
बाटो जिन्दगीको, नँया दिन शुरु भयो //


हिजो जति बेला त्यो, तिमीसंग आज थियो
टाटो जिन्दगीको, नया दिन शुरु भयो //


उँचो शिर झुक्न नदेउ, तिम्रै अविभारा यो
साटो जिन्दगीको, नया दिन शुरु भयो //


शुभ पल, शुभ क्षण, हरेक पल शुभ रहोस
खाटो जिन्दगीको, नया दिन शुरु भयो //



सीता सुबेदी "प्रकृति"
२०६७/०४/०९ मा
बिशेष मित्रको जन्म दिनको शुभकामनाको लागि ///

No comments:

Post a Comment

अतिथिहरु