खुशी हुँदै बोलाएर, तिमीलाई बाबा भने /
अनायासै टोलाएर, तिमीलाई बाबा भने //
धड्कन यो मुटुको, चाल एक बन्या बेला/
माया जति मोलाएर, तिमीलाई बाबा भने //
गगन रोयो तिमीले, मेरो माया नबुझेर /
प्रियतम लोलाएर, तिमीलाई बाबा भने //
तिमि बन प्रित मेरो, मुना म बनिदिउला /
हृदय यो खोलाएर, तिमीलाई बाबा भने //
बुझेनौ यो "प्रकृति"को, खुला दिलको मायापनि /
प्रित प्याला घोलाएर, तिमीलाई बाबा भने //
सीता सुबेदी "प्रकृति"
२०६७/०३/१४ मा
No comments:
Post a Comment