राम्रै बात ग-या थिए, झुट्टा बात लायौ किन ?
अरु मन नबुझ्नेले, मेरो भित्ता आयौ किन ?
आफुलाई के नै ठान्छौ? आफ्ना बात तेस्तै टेडा
राम्रो मै हुँ भन्दै गीत, मेरो सामु गायौ किन ?
बांगो सोच्ने मन कति, आफै टेड़ो हुदो रैछ
म त तिमि जान्दिनथे, तिमि आफै धायौ किन?
जस्तोलाई तेस्तै गर्ने, ढिडो लाई निस्तै पार्ने
"प्रकृति"को खुशी नै हो, आफै मुख बायौ किन?
सीता सुबेदी "प्रकृति"
२०६७/०४/३०
No comments:
Post a Comment