Saturday, September 11, 2010

"प्रकृति" र "भबिस्य "

बालुवा चाल्दै छु ,
भबिस्य खोज्दै छु,
समयले बताउछ के हुने भनेर त
तर पनि,
त्यही समय संग सिन्घौरी खेल्दै छु
अझै आफ्नो सम्पूर्ण ताकत
त्यही लगाउदै छु
जहाँ म आफ्नो भबिस्य खोस्रदै छु /
हो यहि
जहाँ म बाँचिरहेछु
जहाँ म आफुलाई खोजिरहेछु
जहाँ म "बिज्ञान" मा "अल्बर्ट आइन्स्टाइन " हराए झैँ हराएकी छु
"साहित्य" मा "लच्मी प्रसाद देवकोटा " हराए झैँ हराएकी छु /
यति हुदा पनि,
मैले आफ्नो भबिस्य पाउन सकिन
मैले आफ्नो भबिस्य भेटाउन सकिन
अनि ,
मेरो अन्योल भबिस्य देख्न सकिन
"प्रकृति"को "भबिस्य" बुझ्न सकिन //

No comments:

Post a Comment

अतिथिहरु