पोख्ने बह ठाउँ नपाई, भिनाजुलाई सम्झेकी छु
दिदीको डर कुरा चपाई, भिनाजुलाई सम्झेकी छु //
कस्तो दुर भेटुँ गाह्रो, मेरो आशा आधै थियो
दिलका आशा भित्रै दपाई, भिनाजुलाई सम्झेकी छु //
भन्ने हरु भन्दै गर्दा, मैले भने खुशी खोज्न
सन्त्रासको चुरो धपाई, भिनाजुलाई सम्झेकी छु //
जति टाढा भए पनि, यो मनले त जाउँ भन्छ
"प्रकृति"लाई भेट्न अपाई, भिनाजुलाई सम्झेकी छु //
त्यसैले त आज यहाँ , सम्झना को चिनो रुपी
क्यानभासमा गजल छपाई, भिनाजुलाई सम्झेकी छु //
सीता सुबेदी "प्रकृति"
२०६७/०५/०८ मा ( यश जी मा समर्पित )
No comments:
Post a Comment