किन होला मलाई साली, भन्न छोडे भिनाजुले ?
लुकी चोरी मलाई काली, भन्न छोडे भिनाजुले //
कैले काँही दुखेर मन, बस्दा खेरि एकान्तमा
किन बन्यौ उजाड खाली, भन्न छोडे भिनाजुले
हेर्दै बाटो सुनेर कुरा, मेरा मनका ज्वारभाटा
यस्तो किन गर्छेउ दाली? भन्न छोडे भिनाजुले
सधै भरि जीवनलाई, यस्तो पिडा दिन हुन्न
"प्रकृति"मा हरायो लाली, भन्न छोडे भिनाजुले
खुशी हुन पाउँथे कति? गालि दिए पनि बरु
दुर आफै बनेर जाली, भन्न छोडे भिनाजुले
सीता सुबेदी "प्रकृति"
२०६७/०५/०९ मा
बिशेष भिनाजुको लागि यो सम्झना स्वरूप "यश जी " मा समर्पित ///
No comments:
Post a Comment