गाह्रो भयो तिमि संग, भनि जोरी खोज्या हो र?
सताउन मलाई तिम्ले, अर्को गोरी खोज्या हो र?
के के सुने तिम्रो बारे, दोष लायौ मलाई अरे /
मर्छु बरु भन्यौ अरे, साँची डोरी खोज्या हो र?
आफु चाहिँ दिनलाई, कन्जुस गर्ने जैले पनि /
भन्यौ- आधा दिन्छे सधै, साँची भोरी खोज्या हो र?
तताउछौ कन्सिरीका, रौँ पनि जल्ने गरी /
रन्काउने झापड मनको, फुल तोरी खोज्या हो र ?
सीता सुबेदी "प्रकृति"
२०६७/०५/३१ मा
हा हा हा ... हैन हजुर हैन ... :D
ReplyDelete