Sunday, September 19, 2010

गजल (मनको राजा)

किन टाढा भागी रा'छौ ? ए ! मेरो मनको राजा ?
धड्कने चाल नागी रा'छौ, ए ! मेरो मनको राजा ?

यति माया दिएका छौ, बिर्सनलाई गाह्रो भा' छ /
खै के कुन्नि मागी रा'छौ, ए ! मेरो मनको राजा ?

तिमीलाई गाह्रो पर्छ, समाजले नबुझ्दा कुरा /
थाहै नदि(ई) जागी रा'छौ, ए ! मेरो मनको राजा ?

छाम्न छाडी मुटु मेरो, चाल कसको लागि भनि /
अबुझ बन्न लागि रा'छौ, ए ! मेरो मनको राजा ?

तिम्रो मन भित्र कतै, छाएकी छु चिहाई हेर /
बनि अनुरागी रा'छौ, ए ! मेरो मनको राजा ?

सीता सुबेदी "प्रकृति"
२०६७/०६/०३ मा

No comments:

Post a Comment

अतिथिहरु

9483