भएको देह रहेको बाँकी, सकिन्छ कैले छिनेरै मर्छु /
जति नै टाढा भएको भा' नि, मेरो यो माया चिनेरै मर्छु /
एक्लैले माया गरेर हुन्या, रैनछ यहाँ जानेर बस्नु /
भेटिन्छ भने खोजेर माया, आकाश पाताल हिनेरै मर्छु /
जति नै टाढा भएको भा' नि, मेरो यो माया चिनेरै मर्छु /
धाउन्न बरु नधाउ भने, तिम्रो यो माया मनैमा राख्छु /
पिसिए मुटु तिम्रो न लागि, हो त नि माया पिनेरै मर्छु //
जति नै टाढा भएको भा' नि, मेरो यो माया चिनेरै मर्छु /
सीता सुबेदी "प्रकृति"
२०६७/०५/२३ मा
No comments:
Post a Comment