नेपाल आमा रोको बेला, भएन लौ फुट्न हजुर /
कसरी सिक्ने यिनले अब, आएन लौ जुट्न हजुर //
बानी परे तानातानमा, खै कसरी आउला सुद्दी ?
गल्ति धेर भो माफी दिनु,भएन लौ कुट्न हजुर //
एक जोगी कान चिरेको, अर्को हेरे उस्तै नै छ /
समझदारी भन्छन सधै, कति आको टुट्न हजुर ?
हामी बरै सोझा जनता, केही गर्छन भन्ने आशा /
नमारेरै पठाको यिनलाई, हो र हाम्लाई लुट्न हजुर ?
पुगेन कि जस्तो लाग्यो, यति रगत बग्दा पनि /
सोझो नेपाल आमालाई, कति आको भुट्न हजुर ?
हामी हुने भयौ अब , मरे तुल्य बाँचेको सार
हाते मालो एकजुट भै, परयो अब उठ्न हजुर ////
सीता सुबेदी "प्रकृति"
२०६७/०३/१४ मा
No comments:
Post a Comment