दिन भरको थकान संगै, साँझमा ढल्दा कस्तो होला ?
लज्जावती फुल झैँ तिमी, माँझमा ढल्दा कस्तो होला ?
बाहुपासमा बेरी एर, हुँदा तिमी साथमा नजिक
प्रितका कुरा गर्दै आफु, काँध मा ढल्दा कस्तो होला ?
लज्जावती फुल झैँ तिमी, माँझमा ढल्दा कस्तो होला ?
न छौ यहाँ साथमा तिमी, यो कल्पना सारा बेकार
झुक्किएर तिम्रो पाउको, साँधमा ढल्दा कस्तो होला ?
लज्जावती फुल झैँ तिमी, माँझमा ढल्दा कस्तो होला ?
जुन शहरमा रहे पनि, उमंगले तिम्रै साथमा
तिम्रै मनकी "प्रकृति" यो, चाँद मा ढल्दा कस्तो होला ?
लज्जावती फुल झैँ तिमी, माँझमा ढल्दा कस्तो होला ?
सीता सुबेदी "प्रकृति"
२०६७/०3/०५ मा
आहा ! धन्यवाद बाँड्नु भएको मा ..
ReplyDelete