Monday, September 13, 2010

"गजल"

जीत तपाईकै भो बाबा, हारे मैले /
आफु गुमाएर पो आँसु, झारे मैले //

मैले हारेर त के भो र ? तिमी जित्नु
मन निमोठेर पनि यसै, टारे मैले
जीत तपाईकै भो बाबा, हारे मैले

मनको गंगा त सलल, बगेकै हो नि
मृगत्रिसना नदि पार त, तारे मैले
जीत तपाईकै भो बाबा, हारे मैले

अन्तर्मुखी कस्ती मत, आफ्नै माया
पनि दिलमा जोडीकन, मारे मैले
जीत तपाईकै भो बाबा, हारे मैले

तर बेजोड आशा मेरो, तिमी पाँउ
पल खुशीको सम्झी लिली, सारे मैले
जीत तपाईकै भो बाबा, हारे मैले

सीता सुबेदी "प्रकृति"
२०६७/०३/१० मा

No comments:

Post a Comment

अतिथिहरु